
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेदेखि खेल सुरु भएकाे छ ।
काठमान्डुले टस जितेर बलिङ रोज्दै सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको छ । ५ खेल खेलेको काठमान्डु अंक तालिकाको दोस्रो स्थानमा छ । उसले ५ खेलमा ४ मा जित र एकमा हार बेहोरेको छ ।
सुदूरपश्चिम भने अंक तालिकाको तेस्रो स्थानमा छ । ६ खेल खेलेको सुदूरपश्चिमले ४ मा जित र दुईमा हार बेहोरेको छ । आजको यो खेल जित्ने टोली प्लेअफमा छनोट हुनेछ ।
