
काठमाडाैँ । नेपाल प्रिमियर लिग(एनपीएला)मा सुदूरपश्चिम राेयल्सले चितवन राइनाेजलाई हराएकाे छ । साेमबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा भएकाे खेलेमा सुदूरले चितवनलाई हराएकाे हाे ।
चितवनले दिएको १३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। सुदूरपश्चिमका ब्रान्डन म्याकमलेनले २१ बलमा २ छक्का र ६ चौकासहित ४३ रन बनाए । यस्तै इशान पाण्डेले २९ बलमा २ चौकासहित २५ रन बनाए ।
चितवनका रन्जित कुमारले ३ विकेट र रिजन ढाकालले १ विकेट लिए। सुदूरपश्चिमले यसअघि पाेखरा एभेन्जर्सलाई हराएकाे थियाे।
