गाेलभेडा ८ रुपैंयामा बिक्री नहुँदा किसान भए आन्दोलित

काठमाडौँ ।  नेपाली बजारमा स्थानीय रूपमा उत्पादित गोलभेँडा (टमाटर) को मूल्यमा अत्यधिक गिरावट आएपछि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका किसानहरू आन्दोलित भएका छन् ।

छिमेकी मुलुक भारतबाट ठुलो परिमाणमा आयात भइरहेको सस्तो गोलभेँडाका कारण स्वदेशी उत्पादनले बजार पाउन छाडेको र लागत मूल्य समेत नउठेको भन्दै किसानहरूले विरोध प्रदर्शन गरेका हुन् । मुख्य बजार मानिने कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेँडाको थोक मूल्य न्यून विन्दुमा झरेपछि किसानहरू स्वतःस्फूर्त रूपमा सडक आन्दोलनमा उत्रिएका हुन् ।

नेपाली बजारमा भारतीय टमाटरको अनियन्त्रित आयात नै नेपाली किसान मारमा पर्नुको मुख्य कारण रहेको बुझिएको छ । भारतीय बजारबाट सस्तो मूल्यमा आउने तरकारीले नेपाली उत्पादनलाई विस्थापित गरेपछि नेपाली टमाटर बारीमै कुहिने, सडकमा फाल्नुपर्ने दयनीय अवस्था सिर्जना भएको किसानहरूको भनाई छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार बजारमा सानो लोकल गोलभेँडाको न्यूनतम थोक मूल्य प्रति केजी मात्र ८ रुपैयाँ तोकिएको छ भने यसको अधिकतम मूल्य १२ रुपैयाँ मात्र रहेको छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.