बाजुराकाे बडीमालिकामा भीरबाट लडेर दुई जनाको मृत्यु

धनगढी । बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक वृद्ध र एक बालिका रहेका छन्।

बडीमालिका नगरपालिका वडा नम्बर-१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भीरबाट लडेर मृत्यु भएको हो। घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए।

त्यस्तै, बडीमालिका नगरपालिका वडा नम्बर-६ कोर्धका बलबहादुर खड्काकी ६ वर्षीया छोरी जसना खड्काको पनि भीरबाट लडेर मृत्यु भएको छ। उनी गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएकी थिइन्। सोही क्रममा भीरबाट चिप्लिएर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.