सुदूरपश्चिममा निरन्तर बर्षा: जयपृथ्वी राजमार्ग अवरुद्ध

डडेल्धुरा । डडेल्धुरा लगायत सुदूरपश्चिमका धेरैजसाे स्थानमा हिजाे रातीदेखि बर्षा भैइरहेकाे छ । लगातारकाे वर्षाले यहाँका भित्री सडकहरुमा सवारी साधन चल्न सकेका छैनन् ।

उता बझाङको जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। आज बिहान पाँच बजेदेखि तमैल बजारनजिकै जालेबगरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएपछि जिल्लाबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन ठप्प भएका छन्। जसमा बझाङबाट धनगढी, काठमाडौं, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका र त्यहाँबाट बझाङ भित्रिने गाडीहरू ठप्प छन्। सडक खुलाउन एक्स्काभेटर आएको तर, पहिरो खस्न नरोकिँदा खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बेलुकीदेखि पर्सि शनिवार बिहानसम्म कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम, बर्दिया र सुर्खेतमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.