दार्चुलाबाट ६ लाख बढीको बिडी, सुर्ती बरामद

धनगढी । दार्चुलाबाट प्रहरीले अबैध ६ लाख बढीको बिडी, सलाई र सुर्ती बरामद गरेको छ । शनिबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले शैल्यशिखर नगरपालिका – ९ सतभोगेबाट ६ लाख ३३ हजार बराबरको बिडी, सलाई र सुर्ती बरामद गरेको हो ।

प्रहरीका अनुुसार सडकमा रोकिएको अवस्थामा रहेको म १ ज २२० नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका घोडा बिडी १९ पेटी, सलाई ४८ बण्डल र हाईक्लास सुर्ती ३ बोरा बरामद गरिएको हाे ।

रोकिएको जिपमा चालक नभएर अवैध सामान र जीप भने नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.