बिकाश सिंह महता
धनगढी। सुदूरपश्चिम प्रदेशमा रहेका यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई मध्यनजर गर्दै धनगढीमा मनोसामाजिक परामर्श तालीम सम्पन्न भएको छ। शुक्रबार एक कार्यक्रमका साथ एकता नेपाल धनगढीको आयोजनामा होटेल बसेरा धनगढीको सभाहलमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका व्यक्तिहरू लाई एक दिने मनोसामाजीक परामर्श सम्बन्धि तालिम दिएको एकता नेपालका संयोजक राज चौधरीले बताए ।
सुदूरपश्चिम प्रदेशका यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय लाई मध्यनजर गर्दै उनिहरु लाई कसरी आत्मानिर्भरता हुने र समाजमा खोप्नु परेका समस्यालाई कसरी आत्मसात गर्दै अगाडि बढ्ने भन्ने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेशका अल्पसंख्यक समुदायका ३५ जना लाई एक दिने परामर्श तालिमको दिएको हो। परामर्श तालिम टिपिओ नेपालकि काउन्सिलर कमला बुढाथोकीले सहजीकरण गरेको थियो। जसमा उनले मन र मस्तिष्क बिचको अन्तक्रिर्या लगायतका बारेमा परामर्श दिएको थियो।
यसैगरी सुदूरपश्चिम प्रदेशका यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय अधिकारकर्मी एंव सुदूरपश्चिम समाजका धनगढीका कार्यक्रम संयोजक राजु लामाले पनि मनोसामाजिक परामर्श बारेमा प्रस्तुतीकरण दिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य एकता नेपालकि परामर्शकर्ता ( काउन्सिलर) कृति चौधरीले राख्दै सहभागी सबैलाई स्वागत गरेको थियो भने एकता नेपालका अध्यक्ष सन्दीप भुजेल लगायत पदाधिकारीको उपस्थिति रहेको थियो।