धनगढी। कैलालीको गोदावरी नगरपालिका अत्तरियास्थित मालाखेती इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा पुस्तकालय स्थापना गरिएको छ । थुनुवाहरुका लागि इलाका प्रहरी कार्यालयले हिरासत कक्षमा पुस्तकालय स्थापना गरेको हो ।
थुनुवाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ पुस्तकालय स्थापना गरिएको मालाखेती इलाका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक गणेश बरालले बताए । पुस्तक पढेर थुनुवाहरुको सोंच, आचरण, व्यवहारमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ ।
पुस्तकालयमा नेपालका विभिन्न लेखकद्वारा लिखित पुस्तकदेखि लिएर धार्मिक ग्रन्थ, लोकसेवा तयारीको पुस्तकसमेत राखिएको छ । नेपाल प्रहरी कार्ययोजना २०८० तथा कार्य सम्पादन सम्झौतानुसार थुनुवा कक्षमा पुस्तकालय स्थापना गरिएको इप्रका मालाखेतीले जानकारी दिएको छ ।