आमाले हजुरआमा कुटेकाे भिडियो सार्वजनिक गर्ने बालक सम्मानित

धनगढी । अछाममा एक ११ वर्षीय बालक सम्मानित भएका छन्।जिल्ला प्रहरी कार्यालय अछामले बुधबार वृद्धामाथि कुटपिट हुँदै गरेको भिडियो सार्वजनिक गर्ने बालकलाई सम्मान गरेको हो। प्रहरीले घरभित्र भएको हिंसालाई बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण सहयोग गरेको भन्दै ११ वर्षीय दिपेन्द्र न्यौपानेलाई सम्मान गरेको जनाएको छ।

शुक्रबार सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा रणबहादुर रावलले कदर स्वरूप सम्मान दिपेन्द्रलाई सम्मान गरेका हुन्। दिपेन्द्रलाई मन्त्री रावलले हौसला प्रदान गर्दे फूलमाला, दोसल्ला र सम्मानपत्रका साथ सम्मान गरे। बुधबार पञ्चदेवल बिनायक नगरपालिका ६ तोलीका ५३ वर्षीया जैसरा न्यौपानेमाथि कुटपिट भएको भिडियो सार्वजनिक भएको थियो।

जैसराकी आफ्नै बुहारी र देवरानीले लछारपछार गरी शारीरिक तथा मानसिक रूपमा अपमानजनक र अमानवीय व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यो घटना प्रत्यक्ष देखिरहेका दिपेन्द्रले भिडियो खिचेका थिए। दिपेन्द्र पीडित वृद्धाको भतिज हुन्। बुबा लक्ष्मण न्यौपानेको मोबाइलबाट भिडियो खिचेर उनले बुबाकै म्यासेन्जरमार्फत् आफन्तहरूलाई पठाएका थिए। त्यसपछि उनका आफन्तहरूले फेसबुकमार्फत भिडियो सार्वजनिक गरेका अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.