धनगढी । कैलालीकाे धनगढी अत्तरिया ६ मा गाईसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सोमबार राति राजपुरमा मोटरसाइकल गाईसँग ठोक्किदा दुई जना घाइते भएका थिए।
घाइतेमध्ये मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१३ बस्ने ३० वर्षीय गंगा बोगटीको मृत्यु भएको छ। उनको उपचारको क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
सोही मोटरसाइकलमा सवार गंगाकी श्रीमती शुशिला शर्मा घाइते छिन्। उनको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। अत्तरियाबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१०११ प ३८१६ नम्बरको मोटरसाइकल गाईसँग ठोक्किएको थियो। दुर्घटना परि गाई पनि मरेको छ।