धनगढी । आउदाे मंसिर ४ गते हुने आमनिर्वाचनमा सुदूरपश्चिम प्रदेशसभा सदस्यकाे उम्मेदवार घाेषणा गरेका निर्माण व्यबसायी चन्द्रसेखर मल्ललाई स्थानीय बासिन्दाहरुले फेसबुकवाटै झापड दिइरहेका छन् ।
अनेक हत्तकण्डा मच्चाएर याेजनाकाे निर्माण ठेक्का लिने र बीचमै अलपत्र पार्दै छाेड्ने गरेका व्यबसायी मल्लले सामाजिक सञ्जाल फेसबुकमा आउँदाे मंसिर ४ गते हुने आमनिर्वाचनमा नेपाली काँग्रेस पार्टीवाट कैलाली निर्वाचन क्षेत्र नम्वर ४ वाट उम्मेदवार बन्ने घाेषणा गरेका छन् । तर घाेषणा लगत्तै स्थानीय मतदाताले ‘पहिला अपुराे काम सम्पन्न गर’ भन्दै तथानाम गाली गरेका छन् ।
निर्माण व्यबसायी मल्लले यसअघि १८ महिनामा सम्पन्न गर्ने भनेकाे धनगढीवाट कञ्चनपुर जाेड्ने राजघाटकाे पुल सात वर्षसम्म पुरा नगरेकाे र दुई वर्षदेखी धनगढीकाे सहिद गेट चटकपुर सडक भताभुङ पारेर अलपत्र छाेडेकाे छ ।
उनकाे काम गराइबाट आजित भएका धनगढी उपमहानगरपालिका ३ नम्वरका निवर्तमान वडाअध्यक्ष बलवहादुर ऐरले माननीय ससद बन्नुभन्दा पहिला ठेक्का सम्झाैताअनुसार काम गर्न भनेका छन् ।
