महेन्द्रनगर । कञ्चनपुरकाे भीमदत्त नगरपालिका वडा नम्बर १ बाह्रकुन्टा शान्ति टोलका ५० बर्षका हरि सिं कुँवर जन्मदै पूर्ण दृष्टिबिहिन अपाङ्गता भएका ब्यक्ति हुन् । दृष्टीबिहिनकाे सहायक सामाग्री ह्वाइट क्यान ( सेतो छडी ) उनले अहिलेसम्म नपाउँदा काठको लौरोकाे सहारामा घर बाहिरभित्र गर्थ्ये ।
दुई दिनअघि काठकाे लाैराेकाे सहारामा महेन्द्रनगर बजारमा हिड्दै गरेका उनलाई अपाङ्गता अधिकारकर्मि दीर्घ कुमार स्वारले देखेपछि उनकाे जीवनमा नयाँ खुशी थपियाे । जीवनभर काठकाे लाैराे टेक्दै आएका कुँवरले पहिलाे पटक सेताे छडी बाेक्न पाए । कञ्चनपुरस्थित नेत्रहीन संघसँग कुरा गरेर अभियान्ता स्वारले कुवरलाई उपलब्ध गराएको ह्वाइट क्यान ( सेतो छडी ) भीमदत्त नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गगन सिह धामीद्वारा हस्तान्तरण गराए ।
अपाङ्गताकाे क्षेत्रमा काम गर्ने भनेर स्थानीयदेखि देशी विदेशी संघसंस्थाहरु एउटै पालिकामा ४/५ खुलेका छन् । सरकारले पनि अपाङ्गता भएका ब्यक्तिलाई सबैथाेक दिएझै गरेकाे हुन्छ । कुराे एक सेताे छडी जस्काे मुल्य बजारमा करिव ५/७ सय हाेला, कञ्चनपुरकाे भीमदत्त नगरपालिकामा बस्ने दृष्टीविहिन कुँवरले ५० वर्षमा पाए भन्दा अधिकारकर्मी हाैं भन्नेलाई लाजमर्दाे हाेइन् र ? 