अछाममा श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु

धनगढी । अछाममा श्रीमानले श्रीमतीलाई कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको छ। पन्चदेवल बिनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडा बस्ने ४० वर्षीया मान्मा बिकको उनको श्रीमान्को कुटपिटबाट मृत्यु भएको हो।

मान्माका श्रीमान् ४८ वर्षीय पहेलु कामीले गएराति कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरीलकार्यालय अछामले जनाएको छ। प्रहरीले फरार पहेलु कामीको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.