पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु

धनगढी । अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। गएराति जिल्लाको तुर्माखाँद गाउँपालिका-२ भुलुका अमर विष्टको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा अमरकी ४५ वर्षीया भाउजू हरिकला, अन्दाजी २५ वर्षीय भाइ वीरेन्द्र र १५ वर्षीय भतिज संविधान विष्ट रहेका जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ।

पहिरोमा परी अमरकी ६५ वर्षीया आमा नैना विष्ट पनि घाइते भएकी र उनको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.