धनगढी । राप्रपा नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी ललित जोशीलाई दिइएको छ। राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले धनगढीमा जारी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा उनलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएकाे हो।
पार्टी अध्यक्ष कमल थापाले जोशीलाई जिम्मेवारीसहित बधाई र शुभकामना दिएका छन्। जोशी यसअघि केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए। उनी विद्यार्थीकालदेखि नै राजनीतिमा संलग्न छन्।