मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियाेगिताकाे सेमिफाइनलमा आर्मी र सुदूरपश्चिम

धनगढी । सोमबारबाट धनगढीमा सुरु भएकाे मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा जित हात पार्दै विभागीय टोली नेपाल आर्मी क्लब र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन्। नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले पहिलो दिनका दुवै खेलमा जित हात पार्दै अन्तिम चारमा स्थान बनाएका हुन्। दुवै टोली बीचको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ।

सुदुरपश्चिम खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगिता देशकै सर्वाधिक धनराशीको प्रतियोगिता हो। पहिलो दिन भएको खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ९१–३२ ले हरायो भने पाँचौ खेलमा कर्णाली प्रदेशलाई ६९–९ ले किनारा लगायो। तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ६६–२७ ले हराउँदा छैठौं खेलमा गण्डकी प्रदेशलाई ५६–१८ ले हराएकाे थियाे। 

सोमबार नै भएका खेलमा नेपाल एपिएफ क्लब र मधेस प्रदेश पनि विजयी भएका छन्। नेपाल एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई ५३–२२ ले हरायो भने मधेश प्रदेशले बागमति प्रदेशलाई ३६–२९ ले किनारा लगायो। प्रतियोगितामा मंगलबार पनि लिग चरणका खेलहरु हुनेछन्। प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भईरहेको छ।

प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार उपविजेताले नगद ८० हजार र सेमिफाईनल पुगेका दुई टोली नगद ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन्। यसअघि हिजो नै प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उद्घाटन गरेका थिए। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.