अमेरिकी सहयोग परियोजना एमसीसीबारे देशका शक्ति विभक्त भएका बेला जनपक्षीय लेखक, कलाकार भने यसको लेख, रचना र गीतबाट विरोध गरिरहेका छन्। यसै क्रममा पोखराका गीतकार सुरज उपाध्यायको गीत ‘नो एमसीसी’ को म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ।
गीतले भन्छः
खाए खा, नखाए घिच अमेरिका भन्छ
भन साथी भीख मागेर देश कहिले बन्छ?
से नो एमसीसी, से नो एमसीसी
गीतमा संगीत र एरेन्ज तारानाथ आचार्यको छ भने स्वरमा आचार्यलाई पर्वती जिसी, ईश्वर सिंह, समीर रामदाम र सुरेश भुर्तेलले साथ दिएका छन्। डिजिटल स्टर रेकर्डिङ स्टुडियो पोखरामा गीत रेकर्ड भएको हो। गीतकार उपाध्यायले देशलाई बचाउन आफ्नो पक्षबाट खबरदारी गर्ने क्रममा गीत लेखिएको जनाए।
उनी भन्छन्, ‘एमसिसीको विरुद्धमा लेखिएको हो। यो पास भए देश युद्ध मैदान बन्छ, यसको निहुँ पारेर देश रणभूमि बन्छ।’
(भिडिओ)