धनगढी उपमहानगरकाे ३ नम्वर वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

धनगढी । धनगढी उपमहानगरपालिका ३ नम्वर वडामा आधारभुत स्वास्थ्य केन्द स्थापना भएको छ । मंगलवार एक कार्यक्रमकावीच स्वास्थ्य केन्द्रकाे उद्घाटन धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर वड र उपमेयर सुशिला मिश्र भट्टले गरेका हुन् ।

नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच गराउने उद्देश्यले उपमहानगरका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएकाे नगर प्रमुख वडले बताएका छन् । उनले भने स्वास्थ्य सेवा प्रत्येक्ष जनतासँग सरोकार भएको बिषय भएकाले अधारभूत स्वास्थ्य सेवा सबैको घर घरमा पुग्नुपर्ने र नागरिकले घर नजिकै स्वास्थ्य केन्द्रवाट सेवा पाउनुपर्ने बताए । उनले भने, ‘यो स्वास्थ्य केन्द्र प्रत्येक नागरिकको घरमा पुग्नुपर्ने जरुरी छ । हामी प्रत्येकको घरमा पुग्नुपर्ने आवश्यक छ । जबसम्म हामी प्रत्येक घरमा पुग्न सक्दैनौं यो स्वास्थ्य केन्द्र सञ्चालनको औचित्य छैन ।’

यस्तै धनगढी उपमहानगरपालीका उपमेयर सुशिला मिश्र भट्टले धनगढी उपमहानगरपालिका ३ को यो आधारभुत स्वास्थ्य केन्दमा निर्माण गर्नुपर्ने केही अझै बाँकी रहेकाले स्वास्थ्य सामाग्रीको रक्षा र सुरक्षा दिन अनुरोध गरिन ।उक्त उद्घाटन कार्यक्रममा सभापतिसमेत रहेका धनगढी उपमहानगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष वलबहादुर ऐरले अन्य वडामाझैं धनगढी उपमहानगरपालिकाले यहाँ पनि स्वास्थ्य सामाग्री तथा स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जाेड दिए ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराले स्थानीयस्तरमै बढी भन्दा बढी स्वास्थ्य सेवा दिने उदेश्यले उपमहानगरपालिकाका प्रत्यक वडामा अधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएकाे भन्दै यहाँवाट परिवार नियोजन, मातृस्वास्थ सेवा लगायत बिभिन्न स्वास्थ्य सेवा प्रदान गरिने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.