प्रेस संगठनले पत्रकारलाई उपचार खर्च सुत्केरीभत्ता दिने

काठमाण्डाैं । माओवादी केन्द्र निकट प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारहरूलाई औषधी खर्च र महिला पत्रकारहरूलाई सुत्केरी भएको अवस्थामा सुत्केरी भत्ता प्रदान गर्ने निर्णय गरेको छ । संगठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ । संगठनकी जिल्ला अध्यक्ष अञ्जली थापाले एउटा कालखण्ड नै समाजको निम्ति व्यतीत गरिसकेको भए पनि पेन्सन र अन्य उपदान नहुने कारण आर्थिक समस्या झेल्नुपर्ने भएकोले प्रेस संगठन मकवानपुरले अग्रज पत्रकारहरूको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको बताए ।

यसैगरी सुत्केरी अवस्थामा काम गर्न नसक्ने र आर्थिक समस्या पर्ने भन्दै संगठनले महिला पत्रकारलाई सुत्केरी भत्ता दिने निर्णय गरेको अध्यक्ष थापाको भनाई छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.