अत्तरियामा पुस २७ गतेदेखि सुदूरपश्चिम प्रादेशिक महाेत्सव लाग्ने

धनगढी ।  कैलालीकाे अत्तरियामा पुस २७ गतेदेखि महाेत्सव लाग्ने भएकाे छ । बिहिवार पत्रकार सम्मेलनको आयोजना गरेर ‘सम्वृद्ध प्रदेशको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ पुस २७ गतेदेखि माघ ९ गतेसम्म महोत्सव सञ्चालन हुने अत्तरिया उद्योग वाणिज्य संघले जानकारी गराएकाे हाे ।

कोरोना महामारीका कारण विगत २ वर्षदेखि सञ्चालन हुन नसकेको महोत्सव यो वर्ष छैटौ संस्करणका रुपमा आयोजना हुने बताइएकाे छ । अत्तरियास्थित दुर्गामन्दीर पछाडीको खाली मैदानमा आयोजना हुने महोत्सवमा १ सय ५० व्यापारिक स्टल रहने उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले जानकारी दिए। महोत्सवमा विद्यार्थीका लागि सहुलीयतमा ४० र अन्यका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। महोत्सव प्रवेशमा अपाङ्ग, अशक्त र वृद्धलाई निःशुल्क गरिएको आयोजकले जनाएको छ।

रमाइलो मेलासहित महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ। महोत्सव आयोजनाका लागि झण्डै करिब ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.