एक नाबालिकामाथि ४ सयभन्दा बढीले बलात्कार गरेपछि…
भारतको महाराष्ट्रस्थित बीड जिल्लामा एक नाबालिकामाथि ४ सयभन्दा धेरै मानिसले बलात्कार गरेको खुलेको छ । बलात्कारको घटनामा प्रहरीसमेत संलग्न रहेको पाइएको न्यूज एजेन्सीहरूले बताएका छन् । करिब ६ महिनासम्म आरोपितहरूले बालिकामाथि बलात्कार गरेको बताइएको छ ।
बलात्कारपछि बालिका गर्भवती भएकी छन् ।बालिकाको आमाको निधन २ वर्षपहिले भएको र उनको पिताले उनको बालविवाह गरिदिएको समेत घटनापछि खुलेको छ । इन्डिया टुडेको एक रिपोर्ट अनुसार, पीडितले पुलिसलाई बताएकी छिन् की, घरबाट समेत उसलाई प्रताडित गरिएको थियो ।
जसकारण उनले आफ्नो घरबाट निस्किइन् र केही दिन नोकरी खोज्दै अंबेजोगई हशर पुगिन् । त्यहाँ शुरूमा २ जनाले उनीमाथि यौन उत्पीडन गरेका थिए । त्यसपछि बालिकाले प्रहरी कार्यालयमा गएर उजुरी दिइन् । त्यहाँका एक प्रहरीले उनीमाथि नै बलात्कार प्रयास गरे ।पीडितका अनुसार ४ सय जना मानिसले ६ महिनासम्म उनको यौन शोषण गरेका थिए । एजेन्सी