‘इमानको राजनीति स्थापित गराउन राजिनामा दिए’ मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले इमानको राजनीति स्थापित गराउन आफूले पदबाट राजीनामा दिएको बताएका छन्। सत्ता गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार सोमबार साँझ मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गर्दै शाहीले यस्तो बताएका हुन्।

‘राजनीतिक रुपमा बेमौसमको बाजा बजाएर कर्णालीको विकासमा बाधा पार्ने स्वरुप हामीभित्र खेल्दा सत्ता गठबन्धनको फेरबदल आएको छ,’ उनले भने, ‘अहिले सहमतिअनुसार दलहरुबीच समन्वय र सहकार्य र सहअस्तित्वका साथ अघि बढिरहेका छौं।’

उनले इमानको राजनीति स्थापित गराउन सत्ता गठबन्धनमा रहेको दल नेपाली कांग्रेसलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न राजीनामा दिएको घोषणा गरे। उनले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने नयाँ सरकारलाई आफू नेतृत्वको पार्टीको तर्फबाट साथ र सहयोग हुने विश्वास पनि व्यक्त गरे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.