दिदी बलात्कारको आरोपमा कैलालीका एक युवा पक्राउ
कैलाली । तीस वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङको बैंकमा कार्यरत एक युवालाई पक्राउ गरेको छ । कैलालीको जोशीपुर गाउँपालिका–१ का २६ वर्षीय युवालाई जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार पक्राउ गरेको हो ।
केही वर्ष पहिलेदेखि धर्म दिदी बनाएर तिहारमा भाइटीका लगाउँदै आएकी महिलालाई युवाले कात्तिक ३ गते बलात्कार गरेको आरोप छ ।पीडित महिलाले कात्तिक १० गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिएका छन् ।
पक्राउपछि थप अनुसन्धान थालिएकाेले अहिले उनकाे नाम नखुलाईएकाे इन्सपेक्टर भण्डारीले बताए ।