प्रहरीको हत्यामा संलग्न ९ जनालाई जन्मकैदको फैसला

धनगढी । कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला सुुनाइएको छ । धनगढीको अस्थायी प्रहरी पोष्ट जुुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला भएको जिल्ला अदालत कैलालीले जनाएको छ ।

उनकाअनुसार मुुख्य योजनाकार धनगढी उपमहानगरपालिका-१० का ३५ वर्षीय सुुकबहादुर राना भनिने अमर राना, २३ वर्षीय पर्कु भनिने रोहित राना, सोही ठाउँ बस्ने अर्का रोहित राना, ३० वर्षीय सुरेश राना, २० वर्षीय राजेन्द्र राना, गब्बर भनिने २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र धनगढी उपमहानगरपालिका-११ बस्ने गोपाल भनिने २५ वर्षीय रामगोपाल रानालाई जन्मकैदको फैसला भएको छ । हत्या अभियोगमा पक्राउ परेका धनगढीका मटर व्यापारी राजिव गुप्ताले भने सफाइ पाएको कुन्जेडाले बताए ।

गत वर्षको कात्तिक १ गते तस्करी नियन्त्रणमा खटिएका बेला मटर तस्करको समूहले प्रहरी सहायक निरीक्षक विक र जवान साउदको विभत्स हत्या गरेर शव नेपाल-भारत सीमा भएर बग्ने मोहना नदीमा फालेको थियो ।अदालतका श्रेस्तेदार राइभान कुुन्जेडाले जिल्ला न्यायाधिश जयानन्द पनेरुको इजलासले मंगलबार उक्त मुुद्दाको अन्तिम फैसला गर्दै ९ जनालाई जन्मकैद र एक जनालाई सफाइ दिएको जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.