बहुप्रतिक्षित ‘खप्तड चिनारी’ देउडा गित सार्वजनिक (भिडियाेसहित)

धनगढी । नेपाली गितसंगीतमा केहि उतारचढाव र मौलिकपन हराउदै गैरहेकै बेला नेपाली लोक देउडा सस्कृतिको जग्रेना हाम्रो पहिचान सहित  सुदूरपश्चिम प्रदेश उधोग पर्यटन बन तथा बातावरण मन्त्रालय प्रस्तुति हरितालिका तिज तथा सुदूरपश्चिमको मौलिक पर्व गौराको शुभकामना सहित सुर्य बिरही साउद र गौरी भट्टको स्वरमा डेउडा गित “(खप्तड चिनारि) मेरा गाउँ जाल्लि मुई जसि होल्लि”बसिवियालो म्युजिक प्रालिको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

यसमा सुदूरपश्चिमको कला सस्कृति,रहनसहन र लाखौ नेपाली प्रदेस हुदाको पिडा गीतमा चित्रण गरिएको छ ।सुदुरपश्चिमका धार्मिक कला संस्कृति पर्यटकीय स्थलहरु र बिशेष गरि खप्तड क्षेत्रमा सुटिङ गरिएको गीतको म्युजिक भिडियोमा गायक सुर्यविरही साउद र अनु खड्काको आर्कषक अभिनय देख्न सकिन्छ भने यो गीतको शब्द संगित पनि सुर्य बिरही साउदले नै गरेका हुन् ।

जनक सिंहले निर्देशन गरेको म्युजिक भिडियो हरि महराले छायांकन गरेका छन् भने विवेक पाण्डेले सम्पादन गरेका छन् ।

हेर्नुहोस यो भिडियो :

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.