विकास निर्माणमा भीमदत्त नगरपालिका देशकै उत्कृष्ट

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकालाई नगर विकास कोषले नगद पुरस्कार दिने भएको छ । देशभरीका नगरपालिकाहरुमध्ये विकास निर्माणमा उत्कृष्ट काम गरेको भन्दै भीमदत्त नगरपालिकालाई नगर विकास कोषले नगद पुरस्कार दिने भएको हो ।

विकास निर्माणको आधारमा भीमदत्त नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गर्दै नगर विकास कोषले सो नगरपालिकालाई एक लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको बताइएको छ । त्यस्तै नेपाल सरकारले पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले प्रदेश र स्थानीय तहसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गर्न देशभरका दुई सय नमुना आयोजना छनौट गरेको छ । जस अन्तर्गत भीमदत्त नगरपालिका पनि छनौटमा परेको छ ।

नगरपालिकाले भीमदत्त इको पार्क निर्माण गर्ने र पार्क निर्माणमा कुल लागत ७ करोड लाग्ने बताइएको छ । यसका लागि नेपाल सरकारबाट ४ करोड ५० लाख बजेट, भीमदत्त नगरपालिकाले २ करोड ५० लाख  बजेट विनियोजन गरेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.