सामूहिक बलात्कारको आरोपमा कञ्चनपुरबाट अर्काे युवक पनि पक्राउ
धनगढी । कञ्चनपुर प्रहरीले सामूहिक बलात्कारका फरार आरोपीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का धर्मेन्द्र चन्द रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
बैतडीको पञ्चेश्वर गाउँपालिकाकी एक १७ वर्षीया किशोरीलाई बलात्कार गरि फरार रहेका भनीएका चन्दलाई पक्राउ गरी बैतडी पठाइसकिएको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।
किशोरीमाथि पुस १५ गते बलात्कार भएको भन्दै प्रहरीमा उजुरी परेको हो। सोही उजुरीका आधारमा यसअघि बैतडी प्रहरीले गाउँपालिको वडा नम्बर ४ का २३ वर्षीय प्रविन चन्दलाई पक्राउ गरिसकेको छ।