डाेटीमा घाँटीमा मासुकाे हड्डी अड्किएर एककाे मृत्यु

डोटी । डोटीमा खाना खाने क्रममा घाँटीमा मासुको टुक्रा अड्किँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकास्तानका करिब ५० वर्षीय काले नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार राति आफ्नै घरमा खाना खाने क्रममा मासुको टुक्रा घाँटीमा अड्किएपछि उनी बेहोस भएका थिए। आफन्तले उनलाई तत्काल उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल पुर्‍याएका थिए। अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.