डडेल्धुरा । वितेकाे एक वर्षमा डडेल्धुरामा ७७ वटा सवारी दुर्घटना भएका छन् भने ती दुर्घटनामा परेर १४ जनाले ज्यान गुमाएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार १४३ वटा सवारी साधनहरूलाई कारबाही गरिएको छ । यसरी नियम उल्लङ्घन गर्नेहरूबाट १५ लाख ४३ हजार एक रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।