डडेल्धुरा । सुदूरपश्चिम प्रदेश माओवादी संसदीय दलको नेता परिवर्तन गरिएको छ । विहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शिर्ष नेताहरुकाे उपस्थितिमा दलको नेता परिवर्तन गरिएको हो ।
२०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो । बिहीबार डडेल्धुरामा बसेको बैठकले पुन संसदीय दलको नेताको जिम्मेवारी भट्टलाई दिने निर्णय गरेको हो । माओवादीका सबै सांसदहरूको उपस्थितिमा संसदीय दलको नेता परिवर्तन गरिएको उपमहासचिव तथा प्रदेश इन्चार्ज पोखरेलले जानकारी दिए ।
माओवादी अध्यक्ष प्रचण्डले यस अघि नै संसदीय दलको नेता परिवर्तन गर्न लिखित तथा मौखिक निर्देशन दिएका थिए । आफ्नो पटक पटकको निर्देशन उल्लङ्घन भएपछि डडेल्धुरामा आफ्नै उपस्थितिमा बैठक राखेर प्रचण्डले दलको नेता परिवर्तनको निर्णय गराएका हुन् ।