अमरगढी । १६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा डडेलधुरामा ५८ वर्षीय एक पुरुष पक्राउ परेका छन्। जिल्लाको आलिताल गाउँपालिका–७ बस्ने ५८ वर्षीय भोजबहादुर बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बोहराले ती बालिकालाई गत असारमा करणी गरेको भए पनि पीडित बालिकाका दाइले फागुन १७ गते मात्रै करणी सम्बन्धि उजुुरि दिएको थियाे।
भोजबहादुर बोहरालाई जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरी टाेलीले पक्राउ गरेकाे हाे ।