डडेल्धुराकाे कोला समैजीमा चढाइयो सुदूरपश्चिमकै ठूलाे दमाहा

डडेल्धुरा । डडेल्धुराको अजयमेरुस्थित कोला समैजी मन्दिरमा १२५ किलोग्रामको दाइन (दमाहा) चढाइएको छ । अजयमेरु गाउँपालिका-१ स्थित ऐतिहासिक कोला समैजी मन्दिरमा ५ फिट ५ इन्च उचाइ र ४ फिट ६ इन्च चौडाइ भएको १२५ किलोको दमाहा समाजसेवी भक्तबहादुर भण्डारीले चढाएका हुन् ।

पुइलेक बजारबाट उक्त दमाहाको पूजा गरी १२ गाउँका करिब ६८ जना सर्वसाधारणले बाजागाजासहित मन्दिर पुर्‍याएका थिए । सुदूरपश्चिममै पहिलोपटक ठुलो दमाहा कोला समैजीमा चढाइएको पूजारी देवराज भट्टले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.