देउवा सात दिनसम्म देवीदेवताकाे दर्शन र कार्यकर्ता भेटघाटमा ब्यस्त हुने

धनगढी । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सात दिने बसाइका लागि सुदूरपश्चिम आइपुगेका छन । उनी गृहजिल्ला डडेल्धुरासँगै कैलालीमा केही कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम आइपुगेका हुन । सुदूरपश्चिममा जात्राको रौनक छाएका बेला आएका उनको बिभिन्न मन्दिरहरुमा पनि दर्शन गर्ने कार्यक्रम रहेको छ ।

सभापति देउवा आज सोमबार डडेल्धुराको आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । कार्यतालिका अनुसार कात्तिक २७ गते गन्यापधुरा गाउँपालिकाको बडाल जाँत जात्रामा सहभागी हुनेछन् । नेपाली कांग्रेस डडेल्धुरा सभापति भीमबहादुर साउँदका अनुसार देउवाले कात्तिक २८ गते पार्टीको जिल्ला कार्यसमितिको बैठक, पालिकास्तरीय भेटघाट र २९ गते कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ ।

यस्तै कात्तिक ३० गते गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन भने मंसिर १ गते डडेल्धुराको उग्रतारा मेलामा सहभागी हुने कार्यक्रम तय भएको साँउदले जानकारी दिए। कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतका अनुसार डडेल्धुराबाट फर्किएपछि सभापति देउवाले मंसिर २ गते कैलालीको चौमाला बहुमुखी क्याम्पसको भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.