चरेशसहित डडेल्धुराबाट २ जना पक्राउ

डडेल्धुरा । चरेशसहित प्रहरीले डडेल्धुराबाट २ जनालाई पक्राउ गरेकाे छ। जिल्लाको अमरगढी नगरपालिका–७ पोखरा बजारबाट सोही ठाउँ बस्ने ३५ वर्षीय तेज कैनी  पक्राउ परेका हुन्। कैनीलाई ८ ग्राम चरेशसहित प्रहरी चौकी पोखराबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको जनाएको छ।

यस्तै अजयमेरू गाउँपालिका–६ भण्डारीगाउँबाट सोही ठाउँ बस्ने ४५ वर्षीय राज सिंह भण्डारी पक्राउ परेका हुन्। भण्डारीलाई ४७.३४ ग्राम चरेशसहित अस्थायी प्रहरी पोष्ट राजुलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। चरेशसहित दुबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.