धनगढी । डडेल्धुराकाे अजयमेरु गाउपालिकाबाट दुई बालक बेपत्ता भएका छन् । ९ र ११ बर्षिय ती बालक हिजाे साँझदेखि सम्पर्क बिहिन भएकाे आफन्तले बताएका छन् ।
अजयमेरु गाउपालिका वडा नम्बर २ टिटाली बस्ने टेक बहादुर शाह र सुरेश शाह दाजु भाईका दुई जना छाेराहरु (अमृत शाह बर्ष ११ र ललित शाह बर्ष ९ )का सम्पर्क विहिन भई अहिले सम्म पनि कतै कसैकाे सम्पर्कमा नआएकाले भेटाउनु हुनेले सम्पर्क गरिदिन राजेन्द ऐरले सामाजिक सञ्जाल फेसबुकमा अनुराेध गरेका छन् ।
उनले लेखेका छन् हिजो (२०८१/०२/२६ गते) साझ करिब ४/५ बजे तिर देखि गाउँ बाटै सम्पर्क विहिन भई अहिले सम्म पनि कतै कसैकाे सम्पर्कमा नआएकाले भेटाउनु हुने महानुभावले ९८४८८८१८२५ वा ९८४८७६८४७९ फाेनमा सम्पर्क अथवा नजिककाे प्रहरी कार्यालयमा बुझाईदिनहुन बिनम्र अनुराेध गर्दछु।’