कार्यपालिका सदस्यमाथि हाबी हुन् खोजेपछि प्रशासकीय अधिकृत कुटिए

धनगढी । डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुटपिटमा परेका छन्। कार्यपालिका बैठकमा सदस्यमाथि हाबी हुन् खोजेपछि प्रमुख प्रशासकिय अधिकृत कृष्णदेव जोशी कुटपिटमा परेका हुन्।

बजेट संशोधन गर्ने लगाएतका एजेन्डामाथि छलफल चलिरहेका बेला कार्यपालिका सदस्यहरूको कुरा काट्न थालेपछि सदस्यहरूले बैठकमा विरोध गर्दै कुर्सी हानाहान गरेको हुन्। अधिकृत जोशीमाथि कार्यपालिकाका बहुमत सदस्यहरूले कुटपिट गरेको बताइएको छ।

कार्यपालिकामा नेकपा (माओवादी केन्द्र)का बहुमत सदस्य रहेका छन्। अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा तीनवटा टाँका लगाइएको र जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा घटनाको विषयमा जानकारी भएको छ।

तर, प्रहरीमा निवेदन तथा उजुरी भने दर्ता भएको छैन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.