Dashain Suvakamana

गाडीको ठक्करबाट अत्तरियामा एकको मृत्यु

Ajai

धनगढी । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारमा आज गाडीले ठक्कर दिँदा एक वृद्धाको ज्यान गएको छ । बा १८ च ५८२९ नम्बरको नवीन दाना पोल्ट्रीफर्मको गाडीको ठक्करबाट ७८ वर्षीया नन्दादेवी नाथको ज्यान गएको हो ।

गाडीको ठक्करबाट घाइते उहाँको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार पैदल यात्री वृद्धालाई आज दिउँसो गाडीले ठक्कर दिएको थियो । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.