Dashain Suvakamana

आबेगमा मन्त्रीविरुद्ध निवेदन दिएकाले माफी माग्दै फिर्ता लिए

Ajai

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साँउदबाट असुरक्षा भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरीकर्ताले माफी माग्दै फिर्ता लागेका छन्। बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मन्त्री साँउदले ज्यान मार्ने धम्की दिएको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले भने- तर, आज (मंगलबार) विहान उनै बोहरा हाम्रो (मन्त्री जी र मेरो) कुरो मिलिसकेको भन्दै प्रहरीमा दर्ता भएको निवेदन फिर्ता लगे।’ ‘हाम्रो कुरो मिलिसक्यो हजुर, यसो सामान्य मनमोटाव भएको हो निवेदन फिर्ता पाउँ भनेर बोहरा आफै प्रहरीमा आएर लगे,’ प्रहरी प्रवक्ता चन्दले भने। 

उता, उजुरीकर्ता धनबहादुर बोहराले पनि मन्त्रीसँग सामान्य मनमोटाव भएपछि आबेगमा आएर प्रहरीमा गएको, अब कुरा मिलिसकेको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.