Dashain Suvakamana

मोहना नदीमा ठेकेदारको मनपरी, अन्धाधुन्ध अवैध उत्खनन्

Ajai

धनगढी ।कञ्चनपुरको कृष्णपुर नगरपालिकाले लगाएको रोयल्टी ठेक्कामा ठेकेदार र कम्पनीले अन्धाधुन्ध अवैध रुपमा नदीजन्य उत्खनन् तथा संकलन गरिरहेको पाइएको छ। कृष्णपुर नगरको वडा नम्बर ९ र धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ को सीमाना क्षेत्र पर्ने राजघाटमा अन्धाधुन्ध उत्खनन् तथा संकलन गरिरहेको पाइएको हो।

काठमाडौंको कम्पनी सगरमाथा कन्स्ट्रक्सनको ठेकेदारले अस्तिबाट मोहना नदीसहितका स्थानमा धमाधम काम थालेको हो। ज्ञानलाल श्रेष्ठको सो कम्पनीले स्थानीय युवाहरुको समूह समेत प्रयोग गरेर राजघाटमा मनपरी रोयल्टी उठाइरहेको हो। यतिमात्र होइन, सो कन्स्ट्रक्सनले अवैध रुपमा राजघाटस्थित मोहना पुल नजिकैको जनताको तटबन्धलाई समेत क्षति पुगाएको बताइन्छ। तटबन्धको भागलाई तोडेर अहिले नदीजन्य पदार्थ लगिरहेको बताइएको हो।

पुल क्षेत्र र तटबन्धबाट कम्तिमा ५ सय मिटरदेखि १ किलोमिटरसम्मको दुरीमा मात्र उत्खनन गर्न पाइने भएपनी सो कन्स्ट्रक्सनले पुल र तटबन्ध नजिकैबाट मापदण्डविपरीत काम गरिरहेको हो। सो विषयमा जनताको तटबन्ध कार्यक्रमका इन्जिनियर प्रकाश खड्काले पनि चासो दिएको बताउँदै अनुगमन गरिने र काम रोक्न लगाइने बताए।

यस्तै कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा र निमित्त प्रमुख प्रसाशकिय अधिकृत मानबहादुर केसीले पनि ठेक्का लगाइएको स्थानबाट मात्र उत्खनन तथा संकलन गर्न मिल्ने भन्दै अनुगमन गरि थप प्रक्रिया बुझ्ने बताए। उनीहरूले चाडै इन्जिनियर सहितको टोली निरीक्षणका लागि पठाएर सीमाङ्कन गर्ने जनाए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.