खेल र खेलाडीको सर्वाङिण विकासकालागि प्रदेश सरकार प्रतिबद्ध

आलिताल । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले खेल र खेलाडीको सर्वाङिण विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । आइतबार डडेल्धुराको आलितालमा आयोजित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उदघाटन समारोहमा मन्त्री साउँदले सो कुरा बताएका हुन् । 

May be an image of 8 people, tree and templeभोलिका कर्णधार युवालाई सचेतना र खेलकूदका माध्यमबाट समाज रुपान्तरण गर्न तयार बनाउन प्रदेश सरकार तयार रहेको बताए। स्वास्थ्य युवा नै आफ्नो ब्यक्तित्व र गाउँ समाजकालगि केही गर्नसक्ने भएकाले शाररीक र मानसिकरुपमा बलियो, तन्दुरुस्त रहन खेलकूद मानव जीवनकालागि महत्वपूर्ण रहेको बताए ।

खेल स्वास्थ्य र राष्ट्रका लागि महत्त्वपूर्ण रहने भन्दै युवाहरुलाई कुलतबाट जोगाउन पनि खेलकूदमा लगानी बढाउनुपर्नेमा उनले जोड दिए । खेलले खेलाडीलाई मात्र नभएर राष्ट्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने भएकाले पनि खेलप्रती खेलाडीको लगनशीलता, पर्याप्त अभ्यास, अनुशासन हुनुपर्ने र यस्तो वातावरणको सिर्जना गर्न सरकार र सम्बन्धित निकायबाट पर्याप्त लगानी गर्न आवश्यक रहेको उनको भनाई थियो।May be an image of 3 people, crowd and text

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.