मेडिकल कलेज डडेल्धुरा अस्पतालमा एकपछि अर्को उपचारसेवा बन्द हुँदै

डडेल्धुरा । मेडिकल कलेज सञ्चालनको तयारीमा रहेको डडेल्धुरा अस्पतालमा दक्ष जनशक्तिको अभावमा एकपछि अर्को उपचारसेवा बन्द हुँदै गएका छन्। रेडियोलोजिष्टको अभावमा तीन महिना यता सीटी स्क्यान सेवा बन्द रहेको अस्पतालका निमित्त मेसु डा. सन्तोष गुप्ताले जानकारी दिए।सीटी स्क्यानसँगै विगतमा सुरुवात गरिएको प्याथोलोजी सेवा पनि हाल बन्द भएको उनले बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्ष पहिले छात्रवृत्तिबाट अध्ययन गरेका रेडियोलोजिष्टलाई करारमा डडेल्धुरा अस्पताल पठाउनुभएको थियो । उनले १६ महिना काम गरे र यहाँबाट सरुवा मागे। उनी गइसकेपछि मन्त्रालयले रेडियोलोजिष्ट पठाउन सकेको छैन । त्यसकारण करिब तीन महिना यता अस्पतालमा सीटी स्क्यान सेवा बन्द भएको छ । सीटी स्क्यान गराउन डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाका बिरामीहरु कैलाली लगायत अन्य बाहिरि जिल्ला जान बाध्य भएका छन् ।

मिसन अस्पताल र जिल्ला अस्पताल गाभिएर २०७० सालमा उपक्षेत्रिय अस्पताल हुँदै सङ्घीय अस्पतालका रुपमा घोषणा गरिए पनि अस्पतालमा जहि ल्यै जनशक्तिको अभाव रहने गरेको छ । तत्कालीन अवस्थामा एक सय शय्याको अस्पताल बनाई १०९ जन चिकित्सक, स्वाथ्यकर्मी र प्रशासनिक कर्मचारीको दरबन्दी स्वीकृत भएको थियो । १४ वटा विभाग बनाई २१ जना कन्सल्टेन्ट डक्टरको दरबन्दि रहने गरी उपक्षेत्रीय अस्पताल सञ्चालन गरिएको थियो । तर दुर्भाग्य अस्पतालले अहिलेसम्म उपक्षेत्रीय अस्पतालको दरबन्दी पाउन सकेको छैन ।

अस्पतालमा हाल स्थायी र अस्थायी करारका गरी दुई सय कर्मचारीहरु रहेपनि विषय विशेषज्ञ चिकित्सक नहुँदा यहाँका बिरामीलाई सेवा दिन नसकिएको निमित्त मेसु डा. गुप्ताले बताए ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.