सुदूरपश्चिम प्रदेश राजधानीस्थल गोदावरीमा बल्ल बल्यो बिजुली

धनगढी। बस्ती बसेको चार दशकपछि कैलालीको गोदावरी नगरपालिकाको पहाडी गाउँ बस्तीमा विद्युत् विस्तार भइरहेको छ । नजिकको छिमेकी बजार अत्तरियाको बिजुली हेरेर जिन्दगी बिताउन विवश १२ नम्बर वडाको पहाडी क्षेत्रका स्थानीय बासिन्दा आफ्नै घरमा बिजुलीका चिम बल्न थालेपछि हर्षित भएका हुन ।

सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको सुगम जिल्ला कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ सिम गाउँका स्थानीय कर्णबहादुर खत्रीले घरमा विद्युत् जडान भएपछि निकै खुसी भएको बताए । आइतबार उनको घरमै पुगेका प्रदेशसभा सदस्य तुलसी देवकोटा र गोदावरी नगरप्रमुख वीरेन्द्र भट्टले विद्युत् स्विच खोलेर सो क्षेत्र आसपासमा विद्युतकाे शुभारम्भ गरेका थिए।

विद्युत् वितरण केन्द्र धनगढीले आइतबारदेखि उक्त वडाका चौकी, सिम, चाप र सल्ली गाउँमा ११ केभी विद्युत् लाइन विस्तार गरेको छ । जसमध्ये सिममा शाखा लाइन विस्तार गरेर ३० घरमा बिजुली बलेको छ भने अन्य ठाउँमा शाखा लाइन विस्तारको काम जारी रहेको वितरण केन्द्रले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.