Dashain Suvakamana

सुदूरपश्चिममा आज कहाँ के भयो ?

Ajai

धनगढी। आइतबार सुदूरपश्चिमका  कैलाली, कञ्चनपुर र बाजुरामा भएका दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन । एकैदिन बाजुरामा ट्याक्टर दुर्घटनामा, कैलालीमा म्याजिक र मोटरसाइकल दुर्घटना, कञ्चनपुरमा बस दुर्घटनामा परेको हो ।

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मार्तडीबाट निर्माण सामाग्री लिएर बडिमालिका–२ भौनेरा जाँदै गर्दा खरिगाडमा दुर्घटना हुँदा तीन पुरुष र एक महिला गरेर चार जनाको घट्नास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा गौमुल गाउँपालिका–६ का ३५ वर्षीय हिक्मतबहादुर रोकाया बडिमालिका–२ भौनेराका अन्दाजी ३७ वर्षीय देवराज जोशी बडिमालिका– १ का ३६ वर्षीय चन्द्र दानी र बडिमालिका–२ जुगाडाकी २६ वर्षीया करिष्मा रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

कञ्चनपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । म १ ख ९३५ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१–००९ प १२०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शुक्लाफाँटा–२ बन्साहकी ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको हो । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार अवस्थीको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् । मृतकका श्रीमान मोटरसाइकल चालक शिवराज अवस्थी र १३ वर्षीय बालकृष्ण अवस्थी घाइते भएका हुन् । उनीहरु उपचारपश्चात डिस्चार्ज भएका बताइएको छ । बससहित चालक ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।यता, कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १२६८ नम्बरको म्याजिक भ्यानले सुदूरपश्चिम प्रदेश ०१००८ प १६३८ नम्बरको मोटरसाइकललाई बोराडाँडीमा ठक्कर दिँदा ७ जना घाइते भएका छन । दुर्घटनामा मोटरसाइकल चालक र म्याजिकमा सवार ७ जना घाइते भएका हुन ।

घाइते हुनेमा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ का ५१ वर्षीय चन्द्र सेढाइ, म्याजिकमा सवार गौरीगंगा नगरपालिका–१ का १९ वर्षीय विशेष परियार, ५० वर्षीय अर्जुन तिम्सीना, ५० वर्षीय हरुजंग तिम्सीना, ३५ वर्षीय जसु भट्ट घाइते भएको प्रहरीले बताएको छ । त्यस्तै धनगढी उपमहानगरपालिका–१३ का ३५ वर्षीय विष्णु चन्द, बझाङको मष्टा गाउँपालिका–४ का ४८ वर्षीय अम्मरराज उपाध्याय पनि घाइते भएका छन्।

घाइतेहरुको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। म्याजिक चालक गोदावरी नगरपालिका–६ का प्रेमबहादुर दमाइलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.