Dashain Suvakamana

महेन्द्रनगरमा भीमदत्त पन्तको शालिक तोडफोड गर्ने राप्रपाका तीन कार्यकर्ता पक्राउ

Ajai

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले महेन्द्रनगरस्थित भीम वाटिका (स्थानीय पार्क) मा भीमदत्त पन्तको शालिक तोडफोड गरेका छन् । राप्रपाले राज संस्था पुनःस्थापना अभियान अन्तरगत प्रदर्शनमा सहभागीले वाटिकामा प्रवेश गरी पन्तको शालिकमा घन प्रहार गरी तोडफोड गरेका हुन् । तोडफोड गर्दा शालिकको कम्मर मुनिको भागमा क्षति पुगेको छ ।

सुरक्षाकर्मीले दुई राउण्ड अश्रुग्याँस प्रहार गरी शालिक तोडफोड रोकेका छन् । सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गरी उनीहरुलाई तितरवितर गरे । त्यसपछि उनीहरुले पार्क वाहिर प्रवेशद्वारमा पेन्ट लगाएर भीम वाटिकाको नाम मेटाई दिएका छन् ।

अहिले भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न तीन जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिएका छन् । उनले संलग्न अन्यलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको पनि बताएका छन् । प्रहरीले नरेश कार्कीलाई पार्क मोडबाट पक्राउ गरेको थियो । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.