एमाले सुदूरपश्चिमको अधिवेशन आजबाट, सुरु नहुदै बिरोध

धनगढी। नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशको अधिवेशन आजबाट सुरु हुने भएको छ । अधिवेशनको उद्घाटनका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओली धनगढी आउँने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । 

धनगढीमा असोज २१ र २२ गते चल्ने प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ। अधिवेशनमा सुदूरपश्चिममा  ६७५  प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नेताहरु वचनबहादुर सिंह, कृष्णप्रसाद जैशी र अहिलेका प्रदेश कमिटि उपाध्यक्ष कमल तिमिल्सिनाले दाबी गरेका छन्।

शहीद गेटमा ब्यानर झुण्ड्याएकोप्रति बिरोध  

अधिवेशन सफल पार्न र अतिथि तथा सहभागीको स्वागतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको ठुल्ठुलो फोटा र नेकपाको झन्डाले शहीद गेट ढाकेकोप्रति धनगढीका केहि युवाले बिरोध जनाएका छन् । उनीहरुले सहिदहरुको अपमान हुनेगरी एउटा पार्टीले सार्बजनिक गेटमा प्रचारप्रसार सामग्री प्रयोग गर्दासम्म चुप लागेर हेरेको भन्दै उपमहानगर पालिका र जिल्ला प्रशासनको समेत निन्दा गरेका छन्।

पार्टीले सहिद दशरथ चन्दको अपमान गरेर एमालेले ब्यानर तथा प्रचार सामग्री टाँगेको भन्दै अहिले सर्बत्र आलोचनासमेत भइरहेको छ। सामाजिक संजाल प्रयोगकर्ताहरुले गेटमा ब्यानर लगाउनु अस्वभाविक भएको भन्दै प्रतिक्रिया दिइरहेका छन्। तर एमालेका कार्यकर्ताहरुले भने प्रचारका लागि लागिएकोले स्वभाविक मान्नुपर्ने जनाएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.