अमरगढी । डडेल्धुरा जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। दसैँ तिहार लगायतका चाडपर्ब नजिकिएसँगै जिल्लामा आउने यात्रुको सहजका लागि जिल्लाको बागबजार बसपार्क, स्याउले, सकायल र भित्री मधेसको जोगबुढामा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले बताइएको छ।
दसैँ तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुनसक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायव निरीक्षक भीम बहादुर बोहराले बताए।
उनले जो सुकैलाई पनि समस्या परे सहायता कक्षमा आएर सहयोग लिन आग्रह गरेका छन्।