अभियानमा माओवादी सुदूरपश्चिम इन्चार्ज आचार्य बिरामी हेलिकप्टरबाट उद्दार

धनगढी । नेकपा (माओवादी केन्द्र) ले थालेको तीन महिने विशेष रूपान्तरण अभियानमा अछाम पुगेका केन्द्रिय सचिब तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्य एक्कासी बिरामी परेका छन् ।

उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि मंगलबार साँझ अछामको बयलपाटा अस्पताल पुराइएको थियो । त्यहाँ उपचार सम्भब नभएपछि थप उपचारकालागि अहिले हेलिकप्टरबाट नेपालगन्ज लगिएको  प्रदेश पार्टी सचिब जनक बुढाले जानकारी दिए । प्रदेश पार्टी सचिब बुढाका अनुसार नेता आचार्यलाई प्यारालाईसिस भएको छ, जसलेगर्दा उहाँले बोलि सकनु भएको छैन । अरु अवस्था समान्ने रहेको उनले जानकारी दिए ।

तीन महिने विशेष रूपान्तरण अभियान अन्तर्गत जनतासँग माओवादी भन्ने अभियानको नेकपा (माओवादी केन्द्र ) अछामकाे आवधिक जिल्ला समीक्षाकाे लागि एक दिनअघि मात्रै डडेल्धुरा बैतडीहुँदै अछाम जिल्ला पुग्नु भएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.