ढुङ्गामाथि झारले छोपेको थप चार किलो सुन बरामद

प्रहरीले थप ४ किलो सुन बरामद गरेको छ । दोलखाको लामाबगर नाका हुँदै भित्रिएको सात किलो सुन र त्यसमा संलग्न व्यक्तिहरू पक्राउ गरी सार्वजनिक गरेको प्रहरीले आज (आइतबार) पुनः प्रहरीले चार किलो सुन बरामद गरेको हो ।

अस्तिको सुन बरामदमा फरार रहेका अन्दाजी २७ वर्षीय अशोक मगरको घर नजिकै रहेको ठुलो ढुङ्गामाथि झारले छोपेर राखेको अवस्थामा थप चार केजी सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । योसंगै सुन तस्करीको आरोपमा हालसम्म एकै गाउँका सात जना पक्राउ परेका छन् भने अहिलेसम्म ११ केजी सुन बरामद भएको छ ।

चीनले केही समयका लागि खोलेको दोलखाका लामा बगर क्षेत्रको नाका हुँदै सुन तस्करी बढेपछि यो क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ । फरार अभियुक्तको खोजीमा समेत प्रहरी सक्रिय बनेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.