कात्तिकदेखि नयाँ नोट साट्न सुरु, प्रतिव्यक्ति १८ हजार दिइने

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले कात्तिकको सुरुदेखि नयाँ नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईका अनुसार दसैँ, तिहार, छठजस्ता चाडपर्वका लागि कात्तिकको सुरुबाट नै नोट सटही सुविधा प्रदान गरिनेछ ।

गत वर्षजस्तै सर्वसाधारणले यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार पाँचसय रुपियाँसम्मका नयाँ नोट साट्न पाउनेछन् । यो पाँचदेखि एकसय रुपियाँसम्मको एक–एक वटा बन्डल हो ।

बैङ्कले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही सुविधा प्रदान गर्ने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.