धनगढी। नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’को निधन भएको छ। कैलालीको लम्किचुहा नगरपालिका–२ चौरी घर भएका उनको गएराति निधन भएको हो।
माओवादीको ३ महिने अभियानमा डोटीको जोरायल र बड्डीकेदार गाउँपालिकामा सक्रिय भएका बेला स्वासप्रस्वासमा समस्या आएपछि उनलाई लम्की अस्पताल हुँदै नेपालगन्ज नर्सिङ होम लागिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनव लैंजादै गर्दा उनको बाटोमै निधन भएको नेकपा माओवादी केन्द्र कैलाली कमाण्डर टेकेन्द्र भट्टले जानकारी दिए।
जनयुद्धकालदेखि पार्टीको इमान्दार सिपाईको रुपमा जिम्मेवारी पूरा गर्दै आएका महेश सामाजिक कार्यमा समेत सहभागी हुँदै आएका थिए ।जनयुद्धको क्रममा उनी सुर्खेत जेल ब्रकका योद्धा समेत हुन् ।